चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालको प्रभाव विश्वभर बढ्यो : सरकारका प्रवक्ता

डिसी नेपाल
७ कार्तिक २०७६ १७:५६

काठमाडौं। सरकार प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालले भारत, चीन र अमेरिकासँग समान ढंगले सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन्।

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालको प्रभाव पनि विश्वभर पर्न गएको पनि स्पष्ट पारे। बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको हो ? भनि संचारकर्मीहरुले जिज्ञासा राखेपछि मन्त्री बाँस्कोटाले नेपालको पनि प्रभाव चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विश्वभर बढेको बताए।

‘नेपालले भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्धलाई थप विस्तार गर्न चाहेको छ,’ मन्त्री बास्कोटाले भने, ‘देशको हितमा लाभहरु लिन र साझा हितका निम्ति भारत, चीन र अमेरिकासँगसँगै अघि बढाउने नेपालको परम्परागत निर्णय नै हो ।’

मन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्ध हटाउन नसकिने अडान पनि राखे। उनले चन्द नेतृत्वको नेकपालाई हिंसा छोडन र संविधानको पालना गरेर शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन पनि सचेत गराए। मुलुकका निम्ति कुनै पनि खालको हिंसा स्विकार्य नहुने मन्त्री बाँस्कोटाको भनाई थियो ।

मन्त्री बाँस्कोटाले हिंसा जारी राखेर आफ्ना बन्दीहरुलाई रिहा गर्ने चन्द नेतृत्वको नेकपाले गरेको माग सम्बोधन हुनै नसक्ने पनि स्पष्ट पारे।




प्रतिक्रिया

One thought on “चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालको प्रभाव विश्वभर बढ्यो : सरकारका प्रवक्ता

  1. गायक दुर्गेश थापालाई , नराम्रो पारे । तर , दशैं , तिहारमा , घरमा बियर ल्याएर खान्छन। अब उस्लाई पुलिसका मा पुर्याइसकेपछि , बियर बन्द गरे हुनी । उहि त्यसको आफ्नै बाटो हिडेको मान्छे लाई , गिराउनी काम गर्नी। तर आफु भने चिल्लै र खराबै , त्यस्तो के काम ? अरु देशमा , देश अनुसारको भेष , गांजा अर्कै तरिकाले हेर्लान। तर नेपालको चलनै नै हो गांजा त। घर घरै रोपका हुन्छन। नेपालको चलनै हो। त्यस्तो नराम्रो मानिँदैना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *