‘सहकारी क्षेत्रको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्छ’

डिसी नेपाल
७ कार्तिक २०७६ २०:१९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थासँग भएको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्ने बताएका छन्।

काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरोकारवालाको भूमिका’ विषयको अन्तक्र्रियामा मन्त्री अर्यालले सहकारीसँग भएको स्रोत र सामथ्र्यलाई सामाजिक विकास र राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए।

अबको यात्रा भनेको समाजवादोन्मुख यात्रा भएको बताउँदै उनले अब हरेक क्षेत्रमा समाजवादोन्मुख कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। “सरकारले योजना र केही रकम दिने हुँदा त्यसमा आफ्नो परिश्रम लगानी नगर्दासम्म हामी प्रगतिको दिशामा अगाडि बढ्न सक्दैनौँ”, उनले भने।

मन्त्री अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता हुनुपर्ने बताउँदै सहकारीको ठूलो जनशक्तिलाई ठूला कार्यमा लगानी गरेर जानुपर्ने र सबैभन्दा बढी गरीब भएका स्थान छानेर सहकारीले गरीबी उन्मूलन कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे।

अहिले पनि १७.७५ गरीब रहनु भनेको ठूलो कुरा भएको भन्दै मन्त्री अर्यालले गरीबी उन्मूलनमा सहकारीको पनि भूमिका हुनुपर्ने उनको भनाइ थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *