नेपालगञ्जको बीपी चोक नजिकै कपास उद्योगमा आगलागी

नेपालगन्ज। नेपालगन्जको बीपी चोकस्थित मयंक पेट्रोल पम्प नजिक आगलागी भएको छ । बीपी चोक नजिक रहेको एक कपास उद्योगमा आगलागी भएको हो। ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
चारवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगो विद्युत सर्किट शर्ट भएर लागेको जनाइएको छ। स्थानीयवासी र सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटिएका छन्।
प्रतिक्रिया
Facebook Comment