युरोपकी रेड लेडी, चार दशकदेखि कपालको रङदेखि घरका सबै सामान रातो मात्रै
एजेन्सी। जोरिका रिबरनिकलाई बोस्नियाका मानिस रेड लेडीका नामले चिन्छिन्। उनको कपाल र कपाडादेखि लिएर घरका सबै इन्टिरियरसम्म रातो रंगको नै छन्।
जोरिकालाई रातो रङ यति धेरै मनपर्छ की उनी आफ्नो आसपासका सबै कुरा रातो नै भएको हेर्न मन पराउँछिन्। उनी मानिसको अन्तिम संस्कारमा पनि रातो कपडा नै लगाएर जान्छिन्।
६७ वर्षकी अवकाश प्राप्त शिक्षिका जोरिकाका अनुसार जब उनी १८ वर्षकी थिइन्, तब उनलाई रातो रङको कपडा लगाउने शोख भयो जुन आजसम्म पनि जारी छ।
युरोपको बोस्नियाकी जेरिकाको घरमा फर्निचर, प्लेट, बेडशीटलगायत सबै कपडा रातो नै छन्। उनको कपालको रङ पनि रातो छ। उनको घरमा वाटर हिटरबाहेक सबै चीज रातो रङको छ।
विगत चार दशकमा जोरिका आफ्नो यो शोखका कारण यति चर्चित भइन् की मानिसहरु उनलाई सेलिब्रिटी ठान्छन्। शहरका धेरै जसो मानिस उनलाई चिन्छन्। जन्म दिनमा उनलाई उपहार पनि रातो नै दिन्छन्।
जोरिका भन्छिन्–मलाइ रातो रङ यति धेरै किन मन पर्छ मलाइ पनि थाहा छैन। म आफ्नो मनको कुरा सुन्छु। मैले आफ्नो विवाहको दिनपनि रातो कपडा नै लगाएकी थिएँ।’
Facebook Comment