एएफसी फुटसल छनोटः अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

डिसी नेपाल
८ कार्तिक २०७६ १०:५६

काठमाडौं । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

छनोटको सुरुवाती दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अफगानिस्तानको सामना गर्न लागेको हो । नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार ३ः१५ मा सुरु हुनेछ ।

इरानको उर्मियामा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धामा उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । यस्तै नेपाल पहिलो अंक जोड्न चाहन्छ । छनोटको सेन्टर र साउथ जोनको समूह ‘ए’ मा रहेको नेपालले २ खेल सकिदा अंक जोड्न सकेको छैन । छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो ।

यता, अफगानिस्तान पनि पहिलो जित र पहिलो अंकको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा हार व्यहोरेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, अन्तिम खेलमा नेपाललाई हराउँदै अफगानिस्तान सान्त्वना जितसहित घर फर्कन चाहन्छ ।

उज्वेकिस्तान र ताजिकिस्तानले भने फाइनल चरणमा स्थान बनाएका छन् । फाइनल चरणको खेल फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *