जब शाहरुख खानलाई आफ्नै अभिनय घटिया लाग्यो, आफूलाई कुरुप सम्झिन्थे

डिसी नेपाल
८ कार्तिक २०७६ ११:५८

मुम्बइ। टेलिभिजन धारावाहिकमा काम गर्ने अभिनेतादेखि बलिउडका बादशाह बन्दासम्म शाहरुख खानको सफर निकै लामो छ । यस क्रममा उनले धेरै उतारचढाव देखे तर हरेक मुश्किलको साथमा उनले आफूलाईअझै निखार्दै पहिलेभन्दा राम्रो बनाउँदै गए । फिल्म दीवानाले उनलाई अलग पहिचान दियो र पछि उनका मैं हुँ ना, ओम शान्ति ओम, कुछ कुछ होता है जता हिट फिल्महरु रिलिज भए । शाहरुखका अनुसार उनको जीवनमा यो सब कुनै सपनाजस्तै भयो ।

हालै एक कार्यक्रममा शाहरुखले केही विषयमा खुलेर कुरा गरे । उनले भने ‘मैले देखाउन खोजेको होइन तर म साँच्चै कुनै सपनाजस्तै वास्तविक भएको हुँ । म एक निम्न मध्यम वर्गीय परिवारको हुँ । एक अनाथ जो सपनाको शहरमा आउँछ, फिल्म स्टार बन्छ र पूरै दुनियाँ ऊमाथि प्रेम वर्षाउन थाल्छ । यस्तो केवल सपनामा हुन्छ । मैले यतो कहिल्यै सोचेको थिइन । मैले आफूलाई कहिल्यै स्टारजस्तो गरी हेरिन ।’

शाहरुखले अगाडि भने ‘मलाई आज पनि विश्वास लाग्दैन । म आफूलाई कहिल्यै पनि एक स्टारजस्तो गरी हेर्दिन । कहिलेकाहीँ मलाई कुनै स्टारजस्तो व्यवहार गर्नुपर्छ जो धेरै मन पर्ने कुरा होइन तर के गर्नु यो मेरो पेशा हो । शाहरुखले कुरा गर्दै जाँदा यो पनि बताए कि सुरुसुरुमा उनलाई लाग्थ्यो कि उनी निकै नराम्रो देखिन्छन् । उनले भने ‘जब मैले पहिलो पटक आफूलाई स्क्रिनमा देखें । यो नेगेटिभ्सको लागि थियो । त्यतिबेला यही चल्थ्यो ।

उनले भने ‘तपाइँले दृश्य सुटिङ गर्नुपर्थ्यो र त्यपछि तपाइँ नेगेटिभ्स हेर्नुहुन्थ्यो । त्यतिबेला म आरके स्टुडियोमा ‘राजु बन गया जेन्टलम्यान’को नेगेटिभ्स हेरिरहेको थिएँ । मलाई लाग्यो कि म निकै कुरुप छु । मेरो कपाल निकै खराब देखिएको थियो । म नाना पाटेकर, अमृता सिंह र जुही चावला जस्ता कलाकारको अगाडि निकै घटिया अभिनय गरिरहेको थिएँ ।’ अहिले शाहरुख फिल्मबाट केही टाढा छन् । लगातार तीन फिल्म फ्लप भएपछि उनी अहिले आफूलाई केही समय दिन चाहन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *