क्रिकेटरमाथि खनिए बोर्ड अध्यक्ष, भने – ‘तिम्रो नम्बर डिलिट गरिदिन्छु’

डिसी नेपाल
८ कार्तिक २०७६ १५:४०

एजेन्सी। बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन आन्दोलनमा उत्रिएका क्रिकेटरमाथि खनिएका छन् । क्रिकेट बोर्ड र आन्दोलनरत खेलाडीबीच भएको बैठकमा उनी मेहदी हसन मिराजमाथि खनिएका हुन् । इएसपिएसक्रिकइन्फोको रिपोर्टअनुसार नजमुल हसनले बैठक सुरु गर्दै भने ‘मिराज मैले तिम्रो लागि के गरेको छैन ? अनि तिमिले मेरो फोन समेत नउठाउने ? आजदेखि मेरो फोनबाट तिम्रो नम्बर डिलिट गरिदिन्छु ।’

रिपोर्टका अनुसार नजमुलको रिसपछि मेहदी हसन र उनका साथी खेलाडी बोल्नै सकेनन् । बुधबार बैठकपछि बंगलादेशी क्रिकेटरहरुले बोर्डले आफूहरुको धेरैजसो माग मानेको भन्दै हडताल अन्त्य गरेका छन् । उनीहरुका मागमध्ये मुख्य माग घरेलु प्रथम श्रेणीमा खेलाडीहरुको पारिश्रमिक वृद्धि थियो । टेस्ट र टि–२० का कप्तान शाकिब अल हसनले छलफल सफल रहेको बताएका छन् ।

शाकिबले सोमबार सुरु भएको राष्ट्रिय टिमका खेलाडीहरुको अभूतपूर्व हडतालमा अहम भूमिका निभाएका थिए । शकिबले भने ‘चर्चा निकै फाइदाजनक रह्यो । उहाँ (नजमुल)ले र अन्य निर्देशकहरुले हामीलाई आश्वासन दिनुभएको छ कि हाम्रो माग छिटै पूरा हुनेछ । उहाँको आश्वासनपछि हामी एनसीएलमा खेल्न सुरु गर्नेछौं र प्रशिक्षण शिविरमा भाग लिनेछौं ।

खेलाडीहरुको यो हडतालले बंगलादेश र भारतबीचको सिरिजमा पनि शंशय पैदा भएको थियो । बुधबा राती बोर्ड र खेलाडीहरुको बीचमा कैयौं मुद्दामा सहमति भएको छ । खेलाडीहरुले आफूहरु मैदानमा फर्कन तयार भएको बताएका छन् । बंगलादेश भारतबीचको टेस्ट र टि–२० को सिरिज ३ नोभेम्बरदेखि सुरु हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *