भेनेजुयलाका राष्ट्रपति मदुरो र प्रम ओलीबीच भेट

डिसी नेपाल
८ कार्तिक २०७६ २२:११

बाकु। असंलग्न आन्दोलन (नाम)को यहाँ जारी १८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्य्रक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकोमा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए। उनीरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो ।

शिखर सम्मेलनमा भारतको नेतृत्व गरेका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि शुक्रबारै भेटवार्ता भयो । सो अवसरमा उनीहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भयो । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गरे।

नाम सम्मेलन शुक्रबारै राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो । सम्मेलनका शुक्रबारउद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङडुङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *