पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई जमानतमा रिहा गर्न अदालतको आदेश

डिसी नेपाल
९ कार्तिक २०७६ ८:४९

लाहोर, पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले शुक्रबार आदेश दिएको छ ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा राखिएको वेला अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।

स्वास्थ्य अवस्था विग्रिएर कमजोर भएपछि उनलाई केहीदिन अगाडि उपचारका लागि अस्पतालमा लगिएको थियो । उनको अहिले अस्पतालमै उपचार भइरहेको छ ।

लाहोरको उच्च अदालतले तीन पटक मुलुकको प्रधानमन्त्री हुनुभका व्यक्ति विरामी भएर अस्पतालमा उपचार गराईरहेका बेला कैदीभन्दा पनि स्वतन्त्र पूर्वक उपचार गर्न सघाउने उद्देश्यले यस्तो आदेश दिएको बताइएको छ ।

सन् २०१७ देखि कारागारमा रहेका सरिफलाई अदालतले एक करोड रुपैँया जमानत तोकेको छ । उनलाई अनिश्चितकालका लागि रिहा गर्न आदेश दिइएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुले पूर्वप्रधानमन्त्री सरिफको अवस्था चिन्ताजनक भएको पुष्टि गरेपछि अदालतले उनले रिहा गर्नुपर्ने निश्कर्ष निकालेको एक अधिकारीले बताएका छन् ।

चिकित्सकहरूले सरिफको रगतमा समस्या देखिएको र त्यसले शारीरिक अवस्था विगँ्रदै गएको बताएका छन् । सरिफलाई कहाँ राखेर उपचार गराउने भन्नेबारेमा अझै निधो भैनसकेको बताइएको छ ।

अदालतको आदेशमा सात बर्षे जेल सजाय भोगीरहेका ६९ बर्षीय सरिफलाई गत मङ्लबार कारागारबाट अस्पताल लगिएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दी जीवन बिताइरहेका पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा समस्या देखिएको थाहा पाएपछि उपचारको व्यवस्था गर्न लगाएका थिए ।

प्रधानमन्त्री खानले सरिफलाई सम्भव भएसम्मको राम्रो उपचार सेवा दिन पनि सरोकारवाला सवैलाई निर्देशन दिएका छन् ।

“पूर्वप्रधानमन्त्री सरीफको स्वास्थ्यमा जटिल समस्या देखिएको छ । यतिबेला उहाँको स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन् ।

पाकिस्तानको सर्वोच्च अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै राजनीतिमा आजीवन अयोग्यसमेत हुनेगरी सात बर्ष जेल सजायको फैसला गरेको थियो ।

सरिफले भने आरोपलाई अस्वीकार गरेका छन् । उनले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई दोषी देखाइएको बताउदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *