टी २० विश्वकप छनोटः सिंगापुरलाई हराउँदै पपुवा न्यूगिनी शिर्ष स्थानमा

डिसी नेपाल
९ कार्तिक २०७६ ९:२४

काठमाडौं । युएईमा जारी टी २० विश्वकप छनोटमा पपुवा न्यूगिनी (पी.एन.जी)ले जित निकाले छ। शुक्रबार भएको खेलमा पपुवा न्यूगिनीले सिंगापुरलाई ४३ रनले पराजित गरेको हो ।

१८१ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो । सिंगापुरका टिम डेभिडले सर्वाधिक ४४ रन बनाउँदा रोहन रंगराजनले २७ रन बनाएर आउट भए । पीएनजीका दामियन आपा रावूले सर्वाधिक ४ विकेट लिएका थिए ।

पहिला ब्याटिङ गरेको पीएनजीले ४ विकेटको नोक्सानीमा १८० रन बनाएको थियो । किप्लन डोरिगाले नट आउट ४३ रन बनाउँदा चाल्स अमिनि पनि ४१ रनमा नट आउट रहे । यसैगरी टोनी उराले ३० रन बनाउँदा कप्तान असद भालाले २४ रन बनाएका थिए । नविन माइकल एस परमले २ विकेट लिए ।

जितसँगै पीएनजी समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । ५ मध्ये ४ खेल जितेको पपुवा न्यूगिनी ८ अंकसहित शीर्ष स्थानमा रहँदा नेदरल्याण्ड ६ अंकसहित दोस्रो स्थानमा छ । यो समूहमा स्क्टल्याण्ड र नामिबिया ६–६ अंक नै भए पनि क्रमश तेस्रो र चौथो स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *