अयोध्यामा विश्व रेकर्ड बनाउने तयारी

डिसी नेपाल
९ कार्तिक २०७६ १५:१९

काठमाडौं। यो दीपावलीमा अयोध्यामा फेरि अर्काे विश्व रेकर्ड कायम हुने भएको छ। दुई वर्षपहिले सुरु भएको उत्सवलाई ‘दीपोत्सव’ नाम दिइएको छ। यो उत्सवमा यसपालि एकैपटक साढे पाँच लाख दीयो बालिनेछ। उत्तर प्रदेशको योगी आदित्यनाथको सरकार यसपालि पनि यो उत्सवनको तयारीमा धुमधामसँग जुटेको छ।

आज साँझ अयोध्याका सबैजसो घाटहरुमा दीप बालिनेछ। शनिबार बिहानैदेखि यहाँ विभिन्न लिलाहरु झल्किने झाँकी पनि प्रदर्शन हुनेछन्। त्यसका लागि विभिन्न सात देशका रामलीला तयार गरिएको छ। उत्सव व्यवस्थापनका लागि छ हजारभन्दा बढी विद्यार्थीहरु परिचालन गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार अयोध्याको लक्ष्मणघाटमा ४८ हजार, वैदेही घाटमा २२ हजार, श्रीराम घाटमा ३० हजार, दशरथ घाटमा ३९ हजार, भरतघाटमा १७ हजार, शत्रुघन घाटमा १७ हजार, उमा–नाघेश्वर घाटमा ५२ हजार, सुतकीर्तिघाटमा ४० हजार, सुमित्रा घाटमा ४० हजार, कौशल्या घाटमा ४० हजार, उर्मिला घाटमा ४० हजार दीयो बालिनेछन्। उत्तर प्रदेश सरकारले यो उत्सवलाई ऐतिहासिक बनाउने घोषणा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *