नेकपा दैलेखमा भाँडभैलो, बन्यो समानान्तर कमिटि

दैलेख। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखमा भाँडभैलो भएको छ। संस्थापन पक्षले एकलौटी गरेको भन्दै विद्रोही पक्षले शनिबार समानान्तर कमिटि गठन गरेसँगै नेकपा दैलेखको विवाद सतहमा आएको हो।
पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सतिब प्रेमबहादुर कटुवालले एकलौटी जिल्लाको एकीकरण टुंग्याएको भन्दै प्रदेश कमिटि सदस्य अम्मरबहादुर थापाको अगुवाईमा विद्रोह भएको हो।
थापाले जिल्ला कमिटि अध्यक्ष र सचिबले केन्द्रको निर्देशन विपरित एकलौटी निर्णय गरेको भन्दै समानान्तर कमिटि गठन गरिएको बताए। संस्थापन पक्षले हालै ९० वडा कमिटि, ११ स्थानीय तह कमिटि, २ प्रतिनिसभा क्षेत्रीय कमिटि र ४ प्रदेश कमिटि गठन गरेको थियो। विद्रोही समूहले जिल्लादेखि स्थानीय तहसम्म समानान्तर कमिटि गठन गरेको छ।
विद्रोही समूहको नेतृत्व नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य अम्मरबहादुर थापाले गरेका छन्। पूर्वएमालेका थापालगायत असन्तुष्ट पक्ष पार्टी अध्यक्षले मनोमानी ढंगबाट संगठन विस्तार गर्न खोजेको भन्दै आक्रोशित छन्।
इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्य पार्वती कुमारी विशुन्के, टेकबहादुर खाण, सावित्री मल्ल, गोपाल नेपाली, मायाराम अधिकारी लगाएत विद्रोही समूहमा छन्।
Facebook Comment