रोनाल्डो नखेल्दा युभेन्ट्सको बराबरी

डिसी नेपाल
१० कार्तिक २०७६ ६:५१

एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले बराबरी खेलेको छ । शनिबार भएको खेलमा युभेन्ट्स लेसीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

लेसीको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले बराबरी खेलेको हो । युभेन्ट्सले पाउलो डिबालाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

डिबालाले ५० औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । तर, खेलको ५६ औं मिनेटमा मार्को मन्कोसुले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरी फर्काए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

लेसीविरुद्ध युभेन्ट्स मुख्य स्ट्राइकर क्रिष्टियानो रोनाल्डोबिना मैदान उत्रिएको थियो । मौरीसियो सर्रीले रोनाल्डोलाई विश्राम दिएका थिए ।

यो बराबरीसँगै साविकको विजेता समेत रहेको युभेन्ट्सले ९ खेलमा २३ अंक जोडेको छ । र, युभेन्ट्स शीर्ष स्थानमा यथावत रहेको छ । युभेन्ट्सलाई बराबरीमा रोक्न सफल लेसीले ९ खेलमा ८ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *