ब्राइटनद्वारा एभर्टन पराजित, सेफिल्ड र वेष्ट ह्यामको बराबरी

डिसी नेपाल
१० कार्तिक २०७६ १०:०२

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा ब्राइटनले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको इन्जुरी समयमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि ब्राइटनले ३–२ को जित निकालेको हो ।

त्यसअघि खेलको १५ औं मिनेटमा पास्कल ग्रोसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर, खेलको २० औं मिनेटमा आडम वेब्सटरले आत्मघाती गोल गरेपछि एभर्टन खेलमा फर्किएको थियो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए । तर, ८० औं मिनेटमा नेअल मौपभले गोल गर्दै घरेलु टोलीलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

जितसँगै ब्राइटनले १० खेलबाट १२ अंक जोडेको छ । ब्राइटन लिगको १२ औं स्थानमा रहेको छ । १० खेलमा १० अंक जोडेर एभर्टन १६ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै वेष्ट ह्यामले सेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *