ठूलाे घाेषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पकाे संकेत
बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ठूलो घोषणा गर्ने संकेत गरेका छन्। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको तर्फबाट ठूलो घोषणा हुने जानकारी दिएको छ। तर, घोषणा कस्तो प्रकार हुने भन्ने विषयमा केही खुलाएको छैन।
बीबीसीका अनुसार अमेरिकी सेनाले इस्लामिक स्टेट समूहका विरुद्ध अपरेशन चलाइरहेको छ। राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका छन्–अहिले तत्काल केही ठूलो भएको छ।’ ट्रम्पले यो ट्विट तीन घण्टा पहिला गरेका हुन्। स्थानीय समय अनुसार राति १० : ३० मा राष्ट्रपतिले ट्विट गरेका हुन्। अमेरिकी संचारमाध्यमका अनुसार ट्रम्पले अबु बक्र अल–बगदादीलाई सीरियाको इदलिब प्रान्तलाई लक्षित गर्न अनुमित दिएका थिए।
Something very big has just happened!
— Donald J. Trump (@realDonaldTrump) October 27, 2019
न्युजविक म्यागेजीनले अमेरिकी सेनाको सुत्रलाई उद्धृत गर्दै आईएस नेताको मृत्यु भएको जनाएको छ। तर अहिलेसम्म यसको आधिकारिक पुष्टि भएको छैन। यसअघि पनि बगदादीको मृत्यस भएको समाचार पनि सार्वजनिक भएको थियो।
सीएनएनको रिपोर्ट अनुसार अमेरिकी सेनाले बगदादी विरुद्ध एक अपरेशन सफलतापूर्वक चलाएको थियो। उक्त रिपोर्टमा अमेरिकी खुफिया एजेन्सी सीआर्ईएले बगदादीको लोकेशन थाहा पाएको उल्लेख गरेको छ। राष्ट्रपति ट्रम्प आइतबार अमेरिकी समय अनुसार आइतबार विहान नौ बजे यसको घोषणा गर्नेछन्।
ह्वाइट हाउसका उप प्रेस सचिव होगन गाइडलीले सिएनएनसँग राष्ट्रपतिको घोषणा विदेश नीतिसँग सम्बन्धित भएको बताए। यो विषयमा अमेरिकी सेनाले अहिलेसम्म केही बताएको छैन। बगदादी इस्लामिक स्टेटका प्रमुख हुन्। उनी विगत पाँच वर्षदेखि भूमिगत थिए।
अप्रिलमा इस्लामिक स्टेटका मिडिया विंग अल–फुरकानका तर्फबाट जारी गरिएको एक भिडियो बगदादी जीवित रहेको बताइएको थियो। जुलाई २०१४ मा मुसलमानको पवित्र मस्जिदबाट भाषण गर्ने क्रममा बगदादी पहिलो पटक देखा परेका थिए।
फेब्रुअरी २०१८ मा अमेरिकी अधिकारीले २०१७ मा एक हवाइ आक्रमणमा बगदादी घाइते भएको बताएका थिए। बगदादी २०१० मा इस्लामिक स्टेट अफ इराकका नेता बनेका थिए।
Facebook Comment