यू–२३ फुटबल टिम स्वदेश फिर्ता

डिसी नेपाल
१० कार्तिक २०७६ १२:०७

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कतार गएको नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् ।

नेपाली टिम आइतबार बिहान नेपाल आईपुगेका छन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाली यू–२३ टिमले शुक्रबार राति म्यानमारको यू–२३ टिमसँग दोहामा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

म्यानमारविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाएको थियो । नेपालको लागि अनन्त तामाङ र रेजिन सुब्बाले गोल गरेका थिए । म्यानमारका लिविन मोए अङले दुई गोल गरेका थिए ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिम म्यानमारको यू(२२ टिमसँग एक मैत्रीपूर्ण खेलका लागि कतार गएका थिए । १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *