एएफसी च्याम्पियन्स लिगमा ४० क्लबले प्रतिस्पर्धा गर्ने

डिसी नेपाल
१० कार्तिक २०७६ १३:०१

एजेन्सी । एसियाली राष्ट्रको सर्वाधिक ठुलो क्लब प्रतियोगिता फुटबलमा अब ४० क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

एसियन फुटबल फेडेरेसन (एएफसी) ले एएफसी च्याम्पियन्स लिगमा सहभागी क्लबको संख्या बढाउने निर्णय गर्दै ४० टिम बनाएको हो । भियतनाममा शनिबार बसेको एएफसीको बैठकले क्लब वृद्धि गर्ने निर्णय गरेको छ ।

एसिया क्षेत्रको फुटबल विकास र प्रतिष्ठित प्रतियोगितालाई बलियो बनाउन सहभागी टिम बढाउने निर्णय गरेको एएफसीले जनाएको छ ।

यसअघि ३२ टिमले प्रतिस्पर्धा गर्ने एएफसी च्याम्पियन्स लिगको २०२१ को सिजनबाट ४० टिमले प्रतिस्पर्धा गर्नेछन् । एएफसीले प्रतियोगितामा थप दुई समूह थपेर प्रतिस्पर्धा गराईने जनाएको छ ।

यस्तै एएफसीले महिलाको एएफसी वुमन्स एसिया कपको सहभागी राष्ट्रमा समेत वृद्धि गरेको छ । यसअघि आठ टिमले प्रतिस्पर्धा गर्ने वुमन्स एसिया कपमा अब १२ टिमले प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ को वुमन्स एसिया कपमा १२ टिमले खेल्नेछ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *