कन्टेनरमा शव भेटिँदा बेलायतलाई ठूलो झट्का, इयुको नीतिगत इकाइबाट निकालियो
एजेन्सी। कन्टेनरमा ३९ जना आप्रवासीको शव भेटिएको घटनाले बेलायतलाई निकै ठूलो धक्का लागेको छ । युरोपियन युनियनले बेलायतलाई युरोपको मानव तस्करीविरुद्धको इकाइबाट निष्कासन गरेको छ । युरोपियन पार्लियामेन्टका बरिष्ठ सदस्यहरुले समेत गएराती चेतावनी दिएका छन् । यो इकाइले एसेक्स पुलिसद्वारा भइरहेको ३९ जनको मृत्युको अनुसन्धानमा समन्वय गरिरहेको छ जो गत हप्तान एक लरीमा कन्टेनरभित्र पाइएका थिए । पीडितहरुको पहिचान गर्ने प्रयास आइतबार पनि जारी छ ।
सबै पीडितका शवलाई कन्टेनरबाट निकालेर ब्रुमफिल्ड अस्पतालमा राखिएको छ । पोस्टमार्टमको काम हुँदैछ । अधिकारीहरुले सुरुमा ती सबै चिनियाँ नागरिक भएको मानेका थिए तर बेलायतमा बस्ने भियतनामीहरुको वेबसाइट भियतहोमले हराइरहेका २० जना भियतनामीहरुको बारेमा जानकारी पुलिसलाई दिएको बताएको छ ।
२५ वर्षीय लरी ड्राइभर मो रबिन्सनलाई एसेक्स पुलिसले हत्या र मानव तस्करीको षड्यन्त्रको चार्ज लगाएपछि युरोपियन पार्लियामेन्टका सदस्यहरुले बेलायतलाई चेतावनी दिएका हुन् । यी ड्राइभरलाई भोलि अदालत पेश गरिँदैछ । अदालतमा उनले गैरकानुनी रुपमा आप्रवासनलाई सहयोग गरेको अभियोगको पनि सामना गर्नुपर्नेछ ।
Facebook Comment