चरेससहित पक्राउ

बझाङ। लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका बझाङबाट धनगढीतर्फ गइरहेको पवनदूत यातायातको ना ६ ख १६७४ नम्बरको बसलाई प्रहरी चौकी स्याँडी बझाङको चेक पोष्टमा खटिएको प्रहरी टोलीले जाँच गर्दा दुई वटा कालो झोलामा कालो प्लाष्टिकमा बेरी राखेको १३ केजी ९०० ग्राम लागुऔषध फेला पारेको थियो ।
सो परिणामको लागूऔषध लिँदै गरेको अवस्थामा कञ्चनपुर जिल्ला शुक्लाफाटा नगरपालिका–८ बस्ने दिनेश जप्रेललाई प्रहरीले प्रक्राउ गरेको छ । जप्रेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत पाण्डेले बताए। रासस
प्रतिक्रिया
Facebook Comment