पपुवा न्यू गिनी विश्व कपमा छनोट

डिसी नेपाल
१० कार्तिक २०७६ २१:१८

दुबई। पपुआ न्यू गिनी (पीएनजी) अस्ट्रेलियामा आयोजना हुने टी २० विश्वकप क्रिकेटका लागि छनोट भएको छ ।

पीएनजीले छ मध्य ५ खेल जित्दै १० अंकका साथ शीर्षस्थानमा रहँदै टी २० विश्वकपमा छनोट भएको हो । पीएनजीको यो पहिलो विश्वकप छनोट पनि हो । समान १० अंक नै भएको नेदरल्याण्ड्स रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्ससहित नामिबिया र स्कटल्याण्डले भने प्ले अफमा स्थान बनाएका छन् ।

युएईमा भएको छनोट खेलमा आइतबार पीएनजीले केन्यालाई ४५ रनले पराजित गरेको थियो । पीएनजीले दिएको ११९ रनको लक्ष्य पछ्याएको केन्या ७३ रनमा समेटिएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक २९ रन बनाउँदा अमन गान्धी १४ रनमा नट आउट रहे । कोलिन ओवयाले १० रन बनाउँदा अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पीएनजीका असाद भाला र नोसैना पोकेनाले ३–३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजी निर्धारित ओभरका ३ बल बाँकी छँदै ११८ रनमा अल आउट भएको थियो ।
पीएनजीका लागि नोर्मान भानुवाले ५४ रन बनाउँदा सेसे बउले १७ रन बनाएका थिए । केन्याका इमान्युएल बुन्दीले ४ विकेट हात पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *