बार्सिलोनालाई उछिन्यो ग्रानडाले, तालिकाको शिर्ष स्थानमा
एजेन्सी । ग्रानडा स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल बेटिसलाई १–० गोल अन्तरले पराजित गर्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा ग्रानडालाई जित दिलाउन अल्भारो भाडिलोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१ औं मिनेटमा अल्भारोले निर्णायक गोल गरेका थिए ।
जितसँगै ग्रानडाले बार्सिलोनालाई एक अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो । सन् २०१७ को सिजन घटुवामा पर्दै यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको ग्रानडाले पहिलोपटक ला लिगाको शीर्ष स्थान हासिल गरेको हो ।
ग्रानडाले १० खेलमा २० अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको १९ अंक रहेको छ । पराजित रियल बेटिस ९ अंक जोडेर १८ औं स्थानमा छ ।
प्रतिक्रिया
Facebook Comment