फेडेररले जिते दशौँ पटक स्विस इन्डोर्स बसेल टेनिसको उपाधि
एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेररले जितेका छन् ।
बसेलमा आइतबार भएको फाइनलमा एलेक्स डी मिनाउरलाई पराजित गर्दै फेडेररले दशौँ पटक उपाधिका कब्जा जमाएका हुन् ।
उपाधि जित्ने क्रममा फेडेररले अष्ट्रेलियाका एलेक्सलाई ६–२ र ६–२ को सेटमा पराजित गरे । स्विस इन्डोर्सको उपाधिसँगै ३८ वर्षे फेडेररले करियरको १०३ औं एपिटी उपाधि आफ्नो बनाए ।
२० पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेरर सर्वाधिक एपिटी उपाधि जित्ने खेलाडीको कीर्तिमान भन्दा ६ उपाधिले पछि छन् ।
प्रतिक्रिया
Facebook Comment