नेयमार विना पिएसजीको लगातार जित

डिसी नेपाल
११ कार्तिक २०७६ १५:४४

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । आइतबार राति मार्सेलीलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले फराकिलो जित निकालेको हो ।

पहिलो हाफमै ४ गोल गरेको पीएसजीलाई घरेलु मैदानमा जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले दुई दुई गोल गरे । खेलको १० औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । खेलको २६ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए । त्यसपछि एमबाप्पेले ३२ औं र ४४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ४-० को सहज जित सुनिश्चित गराए ।

चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ । जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *