आज पहाडी भेगमा वर्षाको सम्भावना, यस्तो रहेको छ आगामी तीन दिनको मौसम पूर्वानुमान

डिसी नेपाल
१२ कार्तिक २०७६ ६:४५

काठमाडौँ । देशभर आजको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अरब सागरको उत्तरपूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवात अवस्थित छ र यो उत्तर–पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको तर यस प्रणालीको खासै ठूलो प्रभाव नेपालमा नपरेको महाशाखाले जनाएको छ।

यसका साथै बंगलादेश तथा भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक १२ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमि भु(भाग तथा मध्य र पुर्वका पहाडी भु–भागमा आंसिक देखि सामान्य बदली रहनेछ भने बाँकि भु–भागमा आंसिक बदली रहने सम्भावना छ। देशका पहाडी भु–भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

रातीः देशैभरि आंशिक देखि सामान्य बदलि रहने सम्भावना छ र देशका पहाडी भु(भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

कार्तिक १३ गते (बुधबार)

दिउँसोः देशभर आंसिक देखि सामान्य बदली रहने देखिन्छ । देशका पश्चिमि भु–भाग तथा मध्य र पुर्वका पहाडी भु(भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

रातीः देशैभरि आंशिक देखि सामान्य बदलि रहने देखिन्छ।

कार्तिक १४ गते (बिहिबार)

दिउँसोः देशैभरि आंशिक देखि सामान्य बदलि रहने देखिन्छ।

रातीः देशका मध्य र पुर्वमा आंशिक बदलि र पश्चिमि सामान्यतया सफा हुने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *