बोरवेलमा खसेका बालकको मृत्यु, शरीर ‘डिकम्पोज्ड’

डिसी नेपाल
१२ कार्तिक २०७६ ७:५८

एजेन्सी । भारतको तमिलनाडुस्थित त्रिची शहरको नादुकाटपट्टी गाउँस्थित घरपछाडिको बोरवेलमा खसेका बालकको मृत्यु भएको छ। ती बालकलाई बचाउन गरिएका कनैपनि प्रयास सफल भएनन् ।

सुजितलाई जिवितै उद्धार गर्न नसकिएको भारतीय अधिकारीहरुले बताएका छन् । बच्चाको शरीर डिकम्पोज्ड भएको बताइएको छ । जहाँ बच्चा खसेका थिए त्यहाँबाट दूर्गन्ध आउन थालेको थियो । यो निकै दूर्भाग्यपूर्ण रहेको अधिकारीहरुको भनाई छ ।

२६ फिट गहिराइमा खसेका सुजितलाई बचाउन परिवारले प्रहरीलाई आग्रह गरेको थियो । तर उनको उद्धारका लागि गरिएका सबै प्रयास असफल भए । सुरुमा बच्चालाई अक्सिजनको सप्लाइ गरिएको थियो ।

राष्ट्रिय विपत्ति विभागको फोर्सले बच्चाको अवस्था ट्र्याक गर्न बोरवेलमा सीसी क्यामेरा जडान गरेको थियो । सुजितलाई सुरुमा हातले तानेर बाहिर ल्याउने प्रयास गरिएको थियो । त्यो सम्भव नभएपछि समानान्तर बोरवेल तयार पार्ने प्रयास गरिएको थियो ।

तर त्यसलाई खन्ने क्रममा चट्टानले बाधा गर्यो । सुजितलाई जसरी पनि बचाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका थिए ।




प्रतिक्रिया

One thought on “बोरवेलमा खसेका बालकको मृत्यु, शरीर ‘डिकम्पोज्ड’

Leave a Reply

Your email address will not be published. Required fields are marked *