३९ जनाको मृत्यु प्रकरणः मानव तस्करीमा जीवित बच्न सफल भियतनामीको बयान

डिसी नेपाल
१२ कार्तिक २०७६ ९:५०

काठमाडौं। मानव तस्करीका क्रममा बेलायतको एसेक्समा ३९ जना आप्रवासीले ज्यान गुमाएको घटनाले विश्व तरंगित भइरहेका बेला यस्तै तस्करीमा बचेर बेलायत पुगेका एक भियतनामीले कसरी आफूले १६ हजार पाउण्ड तिरेर बेलायतको बर्मिघम पुगे र त्यहाँ अविश्वसनीय धन कमाए भन्ने खुलासा गरेका छन् । भियतनामी नागरिक गुएन डुङले बेलायती मिडिया मिररका संवाददाता क्रिस्टोफर बकटिनसँग भने ‘सामान्यतया तपाइँ कहिल्यै पनि फ्रिज गरिएको चिसो कफिनमा बस्ने हिम्मत गर्न सक्न्ुहुन्न तर सम्भावित पुरस्कार जोखिमभन्दा धेरै अगाडि हुन्छन् ।’

भियतनाममा रहेको आफ्नो घरमा बसेका गुएनले आफूले कसरी बर्मिंघमको रेष्टुरेण्टमा २ वर्ष काम गरे भन्ने खुलासा गरे । उनले भने ‘यहाँ औसत मासिक कमाइ १२० पाउण्ड छ तर मैले त्यतिबेला दिनमा १८ घण्टा र हप्तामा सातै दिन काम गरेर मासिक १ हजार पाउण्डभन्दा धेरै घर पठाइरहेको थिएँ । बेलायतमा मेरो दिन बिहान ६ बजे सुरु हुन्थ्यो र मध्यरातमा मात्र काम सकिन्थ्यो । यो निकै कठिन थियो तर मलाई घरमा मेरो परिवारलाई सहयोग गर्नुपर्छ भन्ने कुराले निरन्तर काम गरिरहन प्रेरित गर्यो ।’

आप्रवासन अधिकारीहरुले छापा मार्ने क्रममा पक्राउ परेपछि गुएनको सपनाको जीवन समाप्त भयो । त्यसपछि उनलाई भियतनाम डिपोर्ट गरियो । तर गुएन भन्छन् ‘मैले २ वर्षमा बेलायतमा जति कमाएँ त्यति कमाउन मलाई भियतनाममा २० वर्ष लाग्छ । धानका ती खेत जसले कुनै बेला मलाई जीवन प्रदान गर्थे ती अहिले स्थिर पानीमा छन् किनकि हामी ऋणको पहाडमा डुबेका छौं । अब एउटै विकल्प छ आफ्नो जीवन जोखिममा पार्ने र बेलायत पुग्न प्रयास गर्ने जहाँ हुने कमाइले हाम्रो परिवारलाई ऋण तिर्न सहयोग पुगोस् ।’

एक भियतनामी किशोर, जो एसेक्समा मृत पाइएका मध्ये एक हुने आशंका गरिएको छ, उनी मृत भेटिनेमध्ये सबैभन्दा कान्छा हुन सक्ने खुलासापछि गुएनले यति कुरा गरेका थिए । १५ वर्षका किशोर गुएन हुए हुङकी दिदीले कसरी आफ्ना भाइसँग शव भेटिएको अघिल्लो दिन अक्टोबर २२ मा सम्पर्क विच्छेद भयो भनेर बताएकी छिन् । उनले फेसबुकमा पोस्ट गरेकी छिन् ‘सोमबार साँझ मेरो भाइले फ्रान्स छाडेर बेलायततर्फ लागेका थिए । त्यसपछि हामी उनीसँग सम्पर्क गर्न सकिरहेका छैनौं ।’ अर्का एक पीडितका पिताले पनि आफ्ना छोरालाई बेलायत पठाउन जुन तस्करलाई पैसा दिएका थिए उनीहरुले उनका छोरा मारिएको बताएको खुलासा गरेका छन् ।

यसले गुएनलाई कुनै आश्चर्य लागेन । उनले भने ‘यी ग्याङको योजना सेनाको जस्तो हुन्छ । उनीहरुलाई को कतिबेला कहाँ हुन्छ भन्ने सबै थाहा छ । त्यसैले त तस्करहरुले पुलिसले भन्दा पहिल्यै पीडितका परिवारलाई एक हप्ता पहिल्यै उनका प्रियजनले बेलायत पुग्ने प्रयास सफल पार्न नसकेको बताएका थिए ।’

गुएन २०११ मा हनोइ तस्करी गरिएका थिए त्यसपछि उनले ४६०० पाउण्ड तिरेर पर्यटक भिसामा चेक रिपब्लिक पुगे । युरोपमा ल्याण्ड गर्नुभन्दा पहिले उनले अर्को ८०० पाउण्ड तिर्नु पर्यो । प्रागमा एक हप्ता बिताएपछि गुएनलाई जर्मनी जानको लागि अर्को १ हजार पाउण्ड तिर्न भनियो । त्यहाँबाट उनलाई एउटा मिनी भ्यानमा तस्करी गरेर बेलायतको सीमाभित्र प्रवेश गराइयो । तर शरणार्थी दावी गर्ने प्रयास असफल भयो । १८ महिनापछि उनी ड्रेसडेन पुगे र उनको परिवारले उनलाई बेलायत तस्करी गर्न थप ९ हजार पाउण्ड तिरे ।

उनी भन्छन् ‘मानिसहरु सोच्छन् कि हामीलाई तस्करहरुले खोज्छन् तर यस्तो होइन । मेरो क्षेत्रमा परिवारहरु पहिले कसलाई बेलायत पठाउने भन्ने निर्णय गर्छन् र उनलाई तस्करी गर्नको लागि तस्करलाई तिर्ने पैसा जुटाउँछन् । गत हप्ता जसले ज्यान गुमाए ती सबै ठूलो ऋणको भारले थिचिएका थिए र उनीहरुको लागि बेलायत एकमात्र विकल्प थियो ।’ उनलाई २०१७ मा डिपोर्ट गरिएको थियो र उनको परिवारले नयाँ इट्टाको घरमा बसेर उनले बेलायतमा रहँदा गरेको कमाइको आनन्द लिइरहेको छ । तर, उनी अझै पनि यो क्षेत्र चलाउने गिरोहको चपेटामा छन् । एसेक्समा मारिनेमध्ये २५ जना यही क्षेत्रका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *