८ हजार मिटर अग्ला सबै हिमाल चढेर यी युवाले बनाए कीर्तिमान
काठमाडौं। एकजना नेपाली पर्वतारोहीले ७ महिनामा विश्वभर रहेका सबै ८ हजार मटिर अग्ला हिमाल चढेर विश्वकीर्तिमान बनाएका छन्। नेपाली पर्वतारोही निर्मल पुर्जाले मंगलबार चीनको शीशापाङ हिमालको सफलता पूर्वक आरोणपछि विश्वकीर्तिमान बनाए।
यसअघि सो कीर्तिमान पोल्यान्डका जेर्जी कुकुक्जाको नाममा थियो जसले आठ वर्ष लगाएर सन् १९८७ मा सो चुनौती पूरा गरेका थिए।
सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा उनले सगरमाथा चढ्ने अठोट गरेर आरोहीको रूपमा जीवन शुरू गरेका थिए। सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन्।
संसारभरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् तीमध्ये।
पुर्जाले गएको अप्रिलमा आफ्नो अभियान शुरू गरेका थिए र मेमा सगरमाथा चढेका थिए। उनले त्यहाँ खिचेको भिडको तस्बिरले संसारको ध्यान खिचेको थियो।
उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गरेका थिए। उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका थिए।
सेप्टेम्बरमा उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो।
नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए।
“MISSION ACHIEVED !” says @nimsdai from the summit of #Shishapangma #14peaks7months #History
At 8:58 hrs local time, Nims and his team reached the summit of Shisha Pangma. Team Members includes: Mingma David Sherpa, Galjen Sherpa and Gesman Tamang.#BremontProjectPossible pic.twitter.com/PeYUVQ7RnL
— Nirmal Purja MBE (@nimsdai) October 29, 2019
पुर्जाले चढेका हिमाल र सफल आरोहणको मितिः
अन्नपूर्ण, नेपाल, अप्रिल २३
धौलागिरी, नेपाल, मे १२
कञ्जनजङ्गा, नेपाल, मे १५
सगरमाथा, नेपाल, मे २०
लोत्से, नेपाल, मे २२
मकालु, नेपाल, मे २४
नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
जी १, पाकिस्तान, जुलाई १५
जी २, पाकिस्तान, जुलाई १८
के २, पाकिस्तान, जुलाई २४
ब्रोड पिक, पाकिस्तान, जुलाई २६
चो यू, चीन, सेप्टेम्बर २३
मनास्लु, नेपाल, सेप्टेम्बर २७
शीशापाङ्मा, चीन, अक्टोबर २९
पुर्जा ब्रिटिश आर्मीमा छन्। (बीबीसी नेपालीको सहयोगमा)
Facebook Comment