शकिबमाथि आईसीसीको दुई वर्षे प्रतिबन्ध

डिसी नेपाल
१२ कार्तिक २०७६ १८:५३

काठमाडौं। बंगलादेशी स्टार क्रिकेटर तथा कप्तान शाकिब अल हसनमाथि दुई वर्षको प्रतिबन्ध लगाइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार उनीमाथि प्रतिबन्ध लगाएको जनाएको छ।

प्रतिबन्धको सम्भावना रहेपछि शकिबलाई भारत टुरमा जाने टिमको प्रशिक्षणमा समावेस गरिएको थिएन। आइसीसीको निर्देशनपछि उनलाई अभ्यासबाट बाहिर राखिएको थियो । यी अलराउण्डरमाथि म्याच फिक्सिङको अभियोगमा प्रतिबन्ध लगाइएको आईसीसीले जनाएको छ। हालै शकिबले राष्ट्रिय टिमका खेलाडीहरुको अभूतपूर्व हडतालमा अहम भूमिका निभाएका थिए ।

बंगलादेशका टेस्ट र टि–२० का कप्तान शकिबलाई आइसीसीले २ वर्षे प्रतिबन्ध लगाएसँगै हाल ओडिआई अलराउण्डरको शीर्ष स्थानमा रहेका उनको क्रिकेट करिअर नै धरापमा परेको छ।

बंगलादेशको प्रमुख दैनिक समकालका अनुसार आइसीसीको निर्देशनमा बंगलादेश क्रिकेट बोर्डले शाकिबलाई अभ्यासबाट टाढा राखेको हो । यही कारण अभ्यासमा सहभागी नभएका शाकिब सोमबार बेलुकाको बैठकमा पनि सहभागी भएनन् जुन बैठकमा बोर्ड अध्यक्ष नजमुल हसनसँग डे–नाइट टेस्टका विषयमा चर्चा हुनुपर्ने थियो ।

समाचारमा उल्लेख भएअनुसार २ वर्ष पहिले एक अन्तर्राष्ट्रिय खेलअघि शकिबलाई एक बुकीले अफर दिएका थिए । शकिबले आइसीसीको भ्रष्टाचार निरोधक र सुरक्षा इकाइ (एसीएसयु)लाई यस बारेमा कुनै जानकारी दिएनन् । समाचारअनुसार शाकिबले हालै एसीएसयुका जाँच अधिकारीको अगाडि यो कुरा स्वीकार गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *