मेस्सीको दुई गोलमा बार्सिलोनाको सहज जित, ला लिगाको शीर्ष स्थानमा

डिसी नेपाल
१३ कार्तिक २०७६ ६:३६

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले २ गोल गरे ।

यस्तै लुइस स्वारेज, क्लेमेट लेन्ग्लेट र अर्टुरो भिदालले एक एक गोल गरे । भालाडोलिडका किको ओलिभासले एक गोल फर्काए ।

जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले १० खेलबाट २२ अंक जोडेको छ । पराजित भालाडोलिड ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा छ ।

अर्को खेलमा एट्लेटिको मड्रिड र डिपोर्टिभो अल्भेसले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *