च्याम्पियन वायर्न जर्मन कप फुटबलको अन्तिम १६ मा
एजेन्सी । साविक विजेता वायर्न म्युनिख जर्मन कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मंगलबार राति भएको दोस्रो चरणको खेलमा दोस्रो डिभिजन क्लब भीएफएल बोचुमलाई २–१ गोल अन्तरले पराजित गर्दै वायर्नले अन्तिम १६ को यात्रा तय गरेको हो ।
भीएफएलको मैदानमा वायर्नलाई जित दिलाउन सेर्गी गनाब्री र थोमस मुलरले एक एक गोल गरे । भीएफएलले एक आत्मघाती गोल उपहार पाएको थियो ।
खेलको ३५ औं मिनेटमा वायर्नका अल्फन्सो डेभिसको आत्मघाती गोलबाट भीएफएलले अग्रता बनाएको थियो । तर, खेलको ८३ औं मिनेटमा सेर्गीले गोल गर्दै वायर्नलाई १–१ गोलको बराबरीमा फर्काए ।
खेलको ८८ औं मिनेटमा अर्मेल बेल्लाले रातो कार्ड पाउँदा भीएफएल १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ८९ औं मिनेटमा मुलरले गोल गर्दै वायर्नलाई २–१ को साँघुरो जित दिलाए ।
अन्य खेलमा जित निकाल्दै शाल्के, होफेनहाइम र वायर लिभरकुसेनले पनि अन्तिम १६ को यात्रा तय गरेको छ ।
Facebook Comment