चीनमा टेनिस खेल्दाखेल्दै राप्रपा अध्यक्ष कमल थापा घाइते

डिसी नेपाल
१३ कार्तिक २०७६ १३:३४

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा टेनिस खेल्ने क्रममा घाइते भएका छन् । चीनको सेञ्जेन सहरमा आयोजित आइटिएफ सेञ्जेन इन्टरनेसनल सिनियर सर्किट २०१९ मा सहभागी थापा खेलको क्रममा घाइते भएका हुन् ।

थापाको स्वास्थ्यमा समस्या आएपछि खेल बीचमै छोड्नु परेको थियो । थापाले पहिलो खेलमा ३–० ले जितेका थिए । दोस्रो खेलमा खुट्टाको तन्किएपछि खेल्न समस्या भएको थियो । यति हुँदाहुँदै पनि खेलिरहेका थापाको शरीरमा दुखाइ ढाडसम्म पुगेपछि उनले खेल्न छोडे । अहिले अध्यक्ष थापाको अवस्था सामान्य रहेको र आराम गर्न डाक्टरले सुझाएको बताइएको छ । अध्यक्ष थापा उक्त खेलमा भाग लिन गत ८ गते चीन गएका थिए । उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *