बगदादीले मरुभूमिमा लुकाएको ३ अर्ब बराबरको सुन, चाँदी र पैसा भेडा गोठालाले भेटाए

डिसी नेपाल
१३ कार्तिक २०७६ १५:४२

काठमाडौं। इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बगदादीले मरुभूमिमा लुकाएको २ करोड पाउण्ड (करिब ३ अर्ब नेपाली रुपैयाँं) बराबरको धनराशी भेडा गोठालाले भेटाएका छन् । इराकको मरुभूमिमा भेटिएको धनराशीमा सुन चाँदी र पैसा समावेश छ । यो धनराशी इस्लामिक स्टेटले लुकाएको भए पनि लुकाएको स्थानको पहिचान गर्ने संकेत हराएपछि उनीहरुले हराएको ठानेका थिए । बगदादीका एक आफन्तले भेडा गोठालाले भेटाएको यो धनराशी बगदादीले लुकाएको र हराएको ठानेको धन भएको दावी गरेका हुन् ।

बगदादी शनिबार राती उत्तर पश्चिम सिरियामा अमेरिकी सेनाको अपरेशनको क्रममा मारिएका थिए । बिहेपछि बगदादीको आफन्त बनेका मोहम्मद अली साजेतले बगदादीका बारेमा अमेरिकी सेनालाई गोप्य सूचना दिएको र त्यही सूचनाका आधारमा अमेरिकी सेनाले बगदादीको अड्डा घेरेको विश्वास गरिएको छ । साजेतले नै भेटिएको धनराशी बगदादीले लुकाएको दावी गरेका हुन् । साजेतका अनुसार बगदादीले आफ्नो अति सुरक्षित स्थान र लुक्ने क्षमताका आधारमा आफूलाई अमेरिकाले फेला पार्ने अपेक्षा गरेका थिएनन् ।

अल अराबियालाई दिएको एक अन्तरवार्तामा साजेतले बगदादी ८ मिटर लामो र पाँचदेखि ६ मिटर चौडा सुरुङमा लुकेर बसेका थिए । सुरुङमा धार्मिक किताबहरु पनि थिए । ाजेतले इस्लामिक स्टेटका नेताहरुले कसरी सुन चाँदी र डलर लुकाए भन्ने विषयमा पनि बताए । यद्यपि त्यो जोगाउने योजनाले काम भने गरेन । ती नेताहरुले त्यो धनराशी गुमाए जुन पछि भेडा गोठालाहरुले भेट्टाए ।

अमेरिकी सेनाको कारवाहीको क्रममा बगदादी मारिएकै हो वा होइन भन्ने विषयमा ह्वाइट हाउसबाट लाइभ स्ट्रिम हेरिरहेका अमेरिकी अधिकारीहरु नै प्रस्ट थिएनन् । अमेरिकी सेनाले आक्रमण थालेपछि बगदादी सुरुङ भित्र लुकेका थिए । सुरुङ एकतर्फी थियो । अमेरिकी सेनाले सुरुङमा कुकुर छोडिदिएपछि बगदादीले आफूले लगाएको आत्मघाती ज्याकेट विष्फोट गराएका थिए । यो खबर ह्याइट हाउसलाई साधारण भाषामा रिले गरिएको थियो –‘गट हिम, हन्ड्रेड परसेन्ट कन्फिडेन्स, ज्याकपट, ओभर ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *