विस्फोटनमा परी १४ को मृत्यु, २२ घाइते

डिसी नेपाल
१३ कार्तिक २०७६ २२:०९

काबुल। अफगानिस्तानमा भएको पछिल्ला हिंसात्मक घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये चार जना सर्वसाधारण नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरू २२ जना सर्वसाधारण नागरिक घाइते भएका छन् ।

अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यो विवरण पछिल्लो २४ घण्टामा भएको विस्फोटनका घटनाको हो ।

कान्दहर प्रान्तअन्तर्गत पर्ने स्पीन बोल्डक जिल्लामा एउटा मोटरसाइकलमा विस्फोट गराइएको थियो ।

विस्फोटनको सो घटना बुधबार मध्याह्नको समयमा भएको प्रान्तीय प्रहरीका प्रवक्ता जमाल बारिक्जाईले जानकारी दिए।

सरकारविरोधी लडाकूहरुले एउटा मोटरसाइकलमा विस्फोटक पदार्थ जडान गराएको उनले दाबी गरे।

स्थानीय समयअनुसार दिउँसो १ः११ बजे एउटा होटलको अगाडि विस्फोटन भएको स्थानीय बासिन्दाले बताएका छन् ।

विस्फोटनमा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी जावज्जान प्रान्तको मड्र्यान जिल्लामा मङ्गलबार राति अर्को कार बम विस्फोटन भएको थियो । विस्फोटनमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १० जना लडाकू रहेका छन् ।

घटनामा परी १२ जना घाइते भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल वाहिद वाज्डानले बुधबार जानकारी दिए।

समाचारमा दिइएको जानकारीअनुसार दक्षिणी जाबुल प्रान्तको मिजान जिल्लामा पनि अर्को विस्फोटनको घटना भएको छ ।

मङ्गलबार राति भएको सो घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *