श्रीलंका विरुद्धको टी–२० सिरिज अस्ट्रेलियालाई, वार्नर र स्मिथको धमाकेदार ब्याटिङ

डिसी नेपाल
१४ कार्तिक २०७६ ८:३९

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

ब्रिसबेनमा बुधबार भएको दोस्रो खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै अष्ट्रेलियाले एक खेल अगावै सिरिज २–० ले आफ्नो बनाएको हो । श्रीलंकाले दिएको १ सय १८ रनको लक्ष्य अष्ट्रेलियाले १३ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

अष्ट्रेलियाको जितमा डेभिड वार्नर र स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले । वार्नरले अविजित रहदै ६० तथा स्मिथले अविजित ५३ रन बनाए । कप्तान आरोन फिन्च शून्य रनमा आउट भए । श्रीलंकाका लसिथ मालिंगाले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल परेराले २७ तथा दनुस्का गुणाथिलकाले २१ रन बनाए । अभिस्का फर्नान्डोले १७ रन जोडे । श्रीलंकालाई सस्तैमा समेट्न बिलि स्टानलेक, प्याट कमिन्स, अस्टोन अगर र एडम जाम्पाले २–२ विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १ सय ३४ रनले पराजित गरेको थियो । दुईबीचको अन्तिम खेल शुक्रबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *