नेपालसँग खेल्ने एमसीसीको टिम शुक्रबार आउने

डिसी नेपाल
१४ कार्तिक २०७६ ११:०२

काठमाडाैं । इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब एमसीसी नेपालविरुद्ध सिरिज खेल्न शुक्रबार काठमाण्डौ आइपुग्ने भएको छ । एमसीसीले काठमाण्डौ र पोखरामा गरी ६वटा खेल खेल्नेछ ।

जिम्मी एडम्सको कप्तानीमा रहने एमसीसीको टिम शुक्रबार आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली राष्ट्रिय टिमविरुद्ध टी–२०, एक दिवसीय र तीन दिवसीय सिरिजका लागि आउन लागेको एमसीसी टिममा अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका खेलाडी रहेका छन् । टिमको कप्तानी गर्ने एड्म्स टिमका अनुभवी खेलाडी हुन् ।

टिममा रहेका विल रोड्सले २०१४ मा इंग्ल्याण्डको यू १९ टिमबाट खेलेका थिए । पाकिस्तान टिमबाट टेष्ट खेलिसकेका यासिर अराफात पनि टिममा रहेका छन् । उनी २००० देखि २०१२ सम्म पाकिस्तानको टेष्ट टिममा थिए ।

यस्तै टोम वेस्ट्लेले इंग्ल्याण्डका लागि ५ वटा टेष्ट खेलिसकेका छन् । जिम्मी एड्म्सले यसअघि पनि नेपाल विरुद्ध खेलिसकेका छन् । नेपालले इंग्ल्याण्डमा अभ्यास खेल खेल्दा उनले ७१ रन बनाएका थिए । त्यतिबेला उनले क्रोस सिम्बोडियन विरुद्ध खेलेका थिए जसमा नेपाल १९ रनले पराजित भएको थियो ।

एमसीसी टिमले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक लाई शिक्षा तथा किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा नयाँ स्कुल प्रतियोगिता पनि आयोजना गर्नेछ ।

यो टुरमा एमसीसीले एउटा तीन दिवसीय, दुई वटा ५० ओभरको खेल र तीन ओटा टी-२० खेल खेल्नेछ । यसका साथै एमसीसी फाउन्डेसनले पाँच वटा सरकारी स्कुलमा क्रिकेटसम्बन्धी सहयोग गर्नेछ ।

एमसीसीको नेपालमा खेल तालिका

३ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल यू–१९ टिम ( ५० ओभर)
४ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल सिनियर टिम ( ५० ओभर)
६ देखि ८ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल ( तीन दिवसीय)
९ नोभेम्बर, पहिलो टी(२० एमसीसीविरुद्ध सिनियर र यू १९ को मिक्स टिम)

पोखरामा हुने खेल

११ नोभेम्बर, एमसीसीविरुद्ध पोखरा आमन्त्रण ११ (२० ओभर)
१२ नोभेम्बर, एमसीसीविरुद्ध मुख्यमन्त्री ११(२० ओभर)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *