बञ्चरेडाँडामा थुप्रिएको फोहोर व्यवस्थापनको जिम्मा स्थानीय तहको : मन्त्री राई

डिसी नेपाल
१४ कार्तिक २०७६ १३:३७

काठमाडौं। सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको भएको बताएका छन्।

बञ्चरेडाँडामा थुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीयले दवाव दिइरहेका बेला मन्त्री राईले संविधान अनुसार काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहले नै सो डाँडाको फोहोर व्यवस्थापन गर्नुपर्ने तर्क गरेका हुन्।

उनले बञ्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएपनि त्यसको जिम्मेवारी आफ्नै मन्त्रालयले लिनुपर्ने बाध्यता आएको उल्लेख गर्दै गुनासो गरे।

‘संविधानले नै फोहोर व्यवस्थापनको काम स्थानीय तहले गर्ने स्पष्ट व्यवस्था गरेको छ,’ मन्त्री राईको असन्तुष्टि थियो, ‘तर बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको जिम्मेवारी सहरी विकास मन्त्रालयले लिनु परेको छ।’

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राईले विभिन्न मन्त्रालयबीचको अधिकार क्षेत्रमा देखिएका विवादका कारण पनि बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा कठिनाई भइरहेको जनाए।  मन्त्री राईले सरकारले फोहोर व्यवस्थापन हुनेगरी आधुनिक सहरको बस्ती व्यवस्थापनको कामलाई अघि बढाएको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *