अनुष्का शर्मालाई रिस उठेपछि….

बीबीसी। बलिउड अभिनेत्री तथा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीकी पत्नी अनुष्का शर्माले पूर्व भारतीय क्रिकेटर फारुख इन्जिनियरको त्यो दाबीप्रति आपत्ति जनाएकी छन् जहाँ फारुखले विश्वकप २०१९ का क्रममा क्रिकेट टीमका चयनकर्ताले अनुष्कालाई चिया पिलाएको बताएका थिए। अनुष्काले ट्विटर र इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै यो विषय र आफूसँग जोडिएका सबै विवादका विषयमा कडा जवाफ दिएकी छन्।
अनुष्काले लेखेकी छन्–मनगढन्ते र फर्जी समाचार र किस्साबाट कसरी बच्ने? यो विषयमा मेरो सधैं एउटै राय छ की आफू चुप लागेर बस्ने र आलोचकलाई बोल्न दिने। यो कुरामा विश्वास राख्दै मैले आफ्नो करियरको पूरा ११ वर्ष पूरा गरेकी छु। म सधैं आफ्नो मौनताको छायाँमा आफ्नो आत्म सम्मान र सत्यको बलियोसँग उभिएको देखेकी छु।’
उनले अगाडि लेखेकी छन्–तर एउटा भनाइ छ बारम्बार एउटै झुटलाई दोहोर्याउने हो भने त्यो झुट पनि साँचो लाग्न थाल्छ। मसँग पनि त्यस्तै भइरहेको छ। मेरो मौनताका कारण म विरुद्ध बोलिएका झुट साँचो लाग्न थालेका छन्। तर आज त्यसको अन्त्य हुनेछ।’
उनले अगाडि लेखेकी छन्–म त्यो बेला चुप लागेर बसेँ जति बेला मेरो कारणले मेरो श्रीमान विराट कोहलीको प्रदर्शन खराब भयो भन्ने आरोप लाग्यो। म त्यो असत्य आरोप सुन्दासमेत चुप लागेर बसेँ। मेरो नाम ती मनगढन्ते किस्सामा पनि जोडिन्छ की म बन्द कोठामा हुने क्रिकेट टीमको बैठकमा सहभागी भएँ भनेर। म माथि टीम चयन प्रक्रियालाई प्रभावित पारेको आरोप लगाउँदासमेत म चुप लागेर बसेँ।’
उनले अगाडि लेखेकी छन्–मेरो नाम गलत तरिकाले ती दाबीमा पनि प्रयोग गरिएको छ जहाँ इण्डियन टीमको विदेश भ्रमणमा म आफ्नो श्रीमानसँग तय भएको समय भन्दा धेरै सवमय सँगै बसेँ। जबकि मैले सधैं सबै प्रोटोकल फलो गरेकी छु। मानिसले आरोप लगाउँदै गए, तर म चुप बसेँ।’
उनले अगाडि लेखेकी छन्–जब मलाइ ए हाई कमिश्नरकी पत्नीले ग्रुप फोटोमा आउन आग्रह गरिन् र म निकै संकोच मानेर त्यो तस्वीरका लागि तयार भएँ, त्यो विषयमा पनि विरोध गरियो र भनियो–म त्यो इभेन्टमा जबर्जस्ती सहभागी भएकी थिएँ। जबकि मलाइ आमन्त्रण गरिएको थियो। तर क्रिकेट बोर्डले यो विषयमा स्पष्टीकरण दिनुपर्यो। तर म चुप बसेँ।’
उनले अगाडि लेखेकी छन्–यही सेरोफेरोमा फेरि नयाँ झुट फैलाइँदैछ की विश्व कप खेलका क्रममा क्रिकेट टीमका चयनकर्ताले मलाइ चिया पिलाएका थिए। यदि तपाइँलाई चयनकर्ता र उनीहरुको योग्यताका विषयमा कुनै टिप्पणी गर्नुछ भने गर्नुस् तर आफ्नो फर्जी दाबीलाई प्रमाणित गर्ने नाममा सनसनी बनाउन मेरो नामका प्रयोग नगर्नुस्।’
उनले अगाडि लेखेकी छन्–यस कारण मेरो यो चिठ्ठीलाई त्यो कथित खबरको जवाफका रुपमा नबुझियोस्। मैले आज बोल्ने निर्णय गरेँ किनभने सधैं चुप लाग्दा मेरो गल्तीका रुपमा बुझ्न थालियो।’
उनले अगाडि लेखेकी छन्–तपाइँलाई तपाइँको एजेण्डा चलाउनु होला, कसैका आलोचना गर्नु होला त्यसो हो भने तपाइँ तथ्य र प्रमाणका साथ गर्नुस्। मेरो नामलाई दख्खल नदिनुस्।’
मैले सबै गरिमालाई ध्यानमा राख्दै आफ्नो दममा आफ्नो करियर बनाएकी हुँ। म यसलाई लिएर कुनै सम्झौता गर्न सक्दिन। केही मानिसलाई सायश यो कुरा पच्दैन होला की म आफ्नो मेहनतको दममा सफल हुने एक स्वतन्त्र महिला हुँ। र जो एक क्रिकेटरकी श्रीमती पनि हुँ। … र रेकर्डका लागि, म कफी पिउँछु।
Facebook Comment