१७ वर्षपछि एउटा सेल्फी बन्याे बरदान

डिसी नेपाल
१५ कार्तिक २०७६ ८:२७

केपटाउन। दक्षिण अफ्रिकाको केपटाउन शहरमा १७ वर्ष पहिला बाल्यकालमा नै बिछोड भएका दुई दिदी बहिनीको एक सेल्फीका कारण भेट भएको छ। जन्मिएको तीन दिनपछि एक बच्चीलाई नर्सले चोरी गरेर लगेकी थिइन्। संयोगले यी दुवै जना एक स्कुलमा भेट भए। केपटाउन निवासी सेलेस्टेकी छोरी मिसे जब वर्षकी थिइन् तब ३० अप्रिल १९९७ मा उनले अर्की बच्चीलाई पनि जन्म दिइन्।

२० वर्षकी मिशो ज्वानस्वाक हाई स्कुलको अन्तिम वर्षमा थिइन्, तब त्यहाँ क्यासिडी भर्ना हुन्छिन्। उनीहरुको भेट भइरहन्छ। अन्य छात्राले उनीहरुबीच तीन वर्षको अन्तर रहेको सुनाउँछन्। दुवैको अनुहार पनि एक अर्कासँग मिल्थ्यो। जन उनीहरुबीच भेट हुन्थ्यो तब उनीहरुलाई आफूहरुबीच कुनै सम्बन्ध भएको जस्तो लाग्थ्यो।
एक दिन मिशले क्यासिडीसँग सेल्फी लिएर साथीलाई देखाइन्।

तब साथीहरुले क्यासिडीलाई उनका आमा बुवाले धर्म पुत्री पालेको हुन सक्ने बताए। त्यसपछि मिशेले त्यो सेल्फी आमा बुवालाई देखाइन्। फोटो देख्ने वित्तिकै मिशेकी आमाले फोटोमा देखिएकी युवती आफ्नी हराएकी बच्ची भएको ठानिन्। मिशेले हराएकी बच्चीका विषयमा आमासँग सोधिन्। मिशेले क्यासिडीलाई तिम्रो जन्म ३० अप्रिल १९९७ मा भएको हो भनेर सोधिन्। जवाफमा क्यासिडीले हो भनिन्।

त्यसपछि प्रहरीलाई खबर गरियो। डीएनए पनि मिल्यो। उता प्रहरीले नर्सलाई पक्राउ गर्यो। क्यासिडीले आफ्नी आमा लोनोभाले यस्तो किन गरिन् भनेर केही थाहा पाएकी थिइनन्। किनभने उनको पालन पोषण राजकुमारीको जसरी भएको थिएको थियो।

अदालतमा दिएको बयान अनुसार लोनोभाको गर्भपतन भएको थियो। उनलाई बच्चा पाउने इच्छा थियो त्यही कारण उनले अस्पतालबाट बच्चा चोरेकी थिइन्। अदालतले लोनोभालाई दश वर्षको कैद सजाय सुनायो। उता क्यासिडी भने दोधारमा थिइन्।

आफूलाई जन्म दिने आमा बुवाको घरमा जाने की आफूलाई पालन पोषण गर्ने आमा बुवाकोमा जाने भन्नेमा उनी दोधारमा थिइन्। उनका तीन जना साता भाइ बहिनी पनि छन्। अन्तिममा क्यासिडी आफूलाई जन्म दिने आमा बुवाको घर गइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *