पहिलो पटक पशुपती देखि शे-फोक्सुन्डोसम्म बुलेट राईड

काठमाडौँ । बीएल–मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौँका पशुपतिनाथदेखि नेपालको सबैभन्दा गहिरो ताल शे-फोक्सुण्डोसम्म बुलेट मोटरबाईक यात्रा गरिएको छ।
कर्णालीको पर्यटन प्रवर्दन र भिजिट वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु शे-फोक्सुन्डो यात्रा थालेका छन ।
काठमाडौबाट डोल्पाको दुनैसम्म बुलेट र्याली पुग्ने भएको हो। शुक्रबार बिहान काठमाडौंको पशुपति क्षेत्रबाट सुरु भएको बुलेट र्याली एक साता लगाएर डोल्पाको शे-फुक्सोन्डो तालसम्म पुग्ने छ।
शुत्रबार बिहान पर्यटन राज्य मन्त्री धनबहादुर बुढाले राईडरलाई खादा लगाएर बिदाई गरेका हुन। विदाई गदै पर्यटन राज्यमन्त्री बुढाले भने नेपाल सरकारले मनाउ गईसरकेको भिजीट नेपाल २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए ।
उनले भने कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो । जब सम्म कर्णालीको पर्यटन क्षेत्रहरुमा पर्यटकको रोजाईम पर्न सक्दैन तबसम्म कर्णालीको विकासले गति लिन गाह्रो हुने बताए ।
काठमाडौंबाट हिँडेको राईडरको टोली पहिलो दिनदाङ, दोस्रो जाजारकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्ने छ । त्यसपछि टोली फोक्सुन्डाको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष परकास लिम्बुले बताए। मोटरसाईकल रयालीमा बाह ओटा मोटरसाईकल रहेका छन।
नेपालको पर्यटन प्रर्वदनका लागि नासा क्लवले भर्खरै काठमाडौंबाट भारतका लदाकसम्मको बुलेट राईड गरेको थियो। यस अघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पुगेको थियो।
प्रत्येक वर्ष नासाले यसरीनै बुलेट राईड गर्दै आएको छ। नेपालको पर्यटन परवर्धनमा नासाले उल्लेखीय भुमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताए।
शुक्रबार बिहान काठमाडौंबाट डोल्पा हिडेको राईडरलाई सुभकामना दिदै बुढाले पहिलो पटक यसरी डोल्पामा बुलेट राईड भएको भन्दै खुशी समेत व्यक्त गरे।
जब सम्म केन्द्रिय राजधानी र कर्णालीका पर्यटकीय गन्तब्य स्थलहरु सम्म सडक संजालबाट जोड्न सकिंदैन तबसम्म कर्णालीको पर्यटनल गतिलिन गाह्रो हुने भएकाले पशुपती देखि फोकसुण्डो सम्म मोटरसाईकल यात्रा गरेको आयोजक समिति मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए।
मोटरसाइृकल यात्रामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, भिजिट नेपाल २०२० का परमर्शदाता बच्चुनारायण श्रेष्ठ, टानका अध्यक्ष खुम बहादुर सुवेदी, मनघरी फाउण्डेशनका सल्लाहकार एव ज्योति विकास बैकका प्रमृख कार्यकारी अधिकृत सिए मनोज ज्ञवली, मनघरी फाउण्डेशनका सल्लाहकार डा. रविन खड्का, समाजसेवी एवं डोल्पाका अगुवा लक्ष्मीकान्त उपाध्याय, ठुलीभेरी नगरपालीकाका उप प्रमुख योगेन्द्र शाही, कर्णाली उद्यमी समाजका अध्यक्ष जग बहादुर बुढा, पर्यटन ब्यबसायी जितेन्द्र झाक्री ले खादा ओढाएर विदाई गरेका थिए ।
Facebook Comment