सनराईज बैंकको ८१ करोड ५२ लाख बोनस सेयर वितरण गर्ने

डिसी नेपाल
१५ कार्तिक २०७६ १३:५६

काठमाडौं। सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढीको बोनस सेयर वितरण गर्ने भएको छ।  सनराईज बैंकको शुक्रबार काठमाडौंमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

संचालक समितिका अध्यक्ष मोतीलाल दुगड रहेको सो बैंकको चुक्ता पूँजी ८ अर्व भन्दा बढी रहेको छ। २०६४ साल आश्विन २५ गते स्थापना भएको सो बैंकको हालसम्म १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४३ वटा एटिएम सेवा संचालनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *