कृष्णबहादुर महराको बयान सकियो

डिसी नेपाल
१५ कार्तिक २०७६ १८:११

काठमाडौं। जब्बरजस्ती करणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो। उनलाई आइतबार थुनछेक बहसका लागि अदालतमा उपस्थित गराउने अनुमति दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिए।

शुक्रबार महराले न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान दिएका थिए।

आइतबार हुने थुनछेक बहसपछि महरालाई धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि कारगार चलान गर्नेमध्ये एक विषयमा अदालतले फैसला गर्नेछ। अदालतको फैलसा कार्यान्वयन अधिकारी पोखरेलले बहस नसकिएकाले महराबारे थप अरु केही भन्न नमिल्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *