राष्ट्रिय एकता अभिवृद्धिमा प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास

डिसी नेपाल
१६ कार्तिक २०७६ ७:३५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहने सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेकी छिन्।

छठका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी हुन् ।

छठ पर्वले सामाजिक एकता प्रवद्र्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *