उम्मेदवारको टुंगो लगाउन आज नेकपा सचिवालय बैठक बस्दै

डिसी नेपाल
१६ कार्तिक २०७६ ८:५१

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीको उम्मेद्वार टुंगो सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार (आज) बस्दै छ ।

बैठकका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार अपराह्न बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल समेत गरेका थिए।

नेकपाले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका मेयर उम्मेदवार केन्द्रबाट तय गर्नेछ भने गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रदेश कमिटीले र वडा अध्यक्षको उम्मेद्वार जिल्ला कमिटिले छनौट गर्ने मापदण्ड बनाएको छ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली ग्रान्डी अस्पतालमा केही दिनको उपचारपश्चात बालुवाटारमा आराम गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *