रेष्टुरेण्टले महिला र पुरुषका लागि छुट्टाछुट्टै मेनु राखेपछि ७० लाख जरिवाना

डिसी नेपाल
१६ कार्तिक २०७६ ११:३९

एजेन्सी। पेरुमा एक रेष्टुरेण्टले महिला र पुरुषको लागि छुट्टाछुट्टै मेनु कार्ड राखेपछि रेष्टुरेण्टलाई ६२ हजार डलर (७० लाख नेपाली रुपैयाँ) जरिवाना तिराइएको छ । अधिकारीहरुले समुद्र किनारमा बनेको ला रोजा नटिका रेष्टुरेण्टलाई महिला र पुरुषमा भेदभाव गरेको गल्तीमा दोषी ठहर गरेको वाशिङटन पोस्टको समाचारमा उल्लेख छ ।

खासमा यो रेष्टुरेण्टमा पुरुषको साथमा आउने महिलाहरुलाई सुनौलो रंगको मेनु कार्ड दिइन्थ्यो भने पुरुषहरुलाई नीलो रंगको सामान्य मेनु कार्ड दिइन्थ्यो । पुरुषलाई दिइने नीलो मेनु कार्डमा हरेक परिकारको मूल्य लेखिएको हुन्थ्यो तर महिलालाई दिइने मेनु कार्डमा भने परिकारको सूची त हुन्थ्यो तर तिनीहरुको मूल्य हुँदैनथ्यो ।

रेष्टुरेण्टले महिलाहरु परिकारतर्फ ध्यान दिउन् भनेर अलग अलग मेनु बनाएको दावी गरेको थियो । अधिकारीहरुले भने यसलाई लिंगमा आधारित भेदभाव ठहर गरे । रेष्टुरेण्टका मालिकले भने आफ्नो बचाउमा कैयौं तर्क दिएका छन् । उनीहरुको भनाइ छ कि धेरैजसो महिलाहरु खानाको अर्डर दिने क्रममा उनीहरुको ध्यान त्यसको मूल्यमा हुन्छ जसका कारण उनीहरु खानाको आनन्द लिन पाउँदैनन् । जबकि बिना मूल्यको मेनु कार्ड भएपछि उनीहरुको ध्यान केवल खानातर्फ हुन्छ र उनीहरु आफूलाई मन पर्ने परिकारको अर्डर दिन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *