भारतीय राष्ट्रपति कोविन्द सिक्किम र मेघालयको भ्रमणमा

डिसी नेपाल
१७ कार्तिक २०७६ ६:२३

नयाँ दिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दले शैक्षिक कार्यक्रममा सहभागिता जनाउनका लागि शनिबार सिक्किम प्रस्थान गरेका छन् ।

उनले सिक्किमपछि मेघालय जाने कार्यक्रम रहेको छ।

राष्ट्रपतिको सचिवालयले जारी गरेको सूचना अनुसार राष्ट्रपति कोविन्दले आइतबार सिक्किमको घान्तोकस्थित सिक्किम विश्वविद्यालयको पाँचौँ दीक्षान्त सभामा सहभागी हुने र त्यहाँबाट मेघालय जानेछन् ।

सोमबार उनले नर्थ–इस्टर्न हिल युनिभर्सिटीको २६ औँ दीक्षान्त कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *