रियलले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

डिसी नेपाल
१७ कार्तिक २०७६ ८:२४

एजेन्सी । रियल मड्रिडले स्पेनिस लिगको शीर्ष स्थानका उक्लिने मौका गुमाएको छ ।

शनिबार राति भएको खेलमा रियल वेटिससंग बराबरी खेल्दै रियलले तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो । लिग लिडर बार्सिलोना लेभान्टेसंग ३–१ ले पराजित भएको थियो । सोही कारण रियललाई जित निकाल्दै शीर्ष स्थानमा उक्लिने मौका थियो । तर रियल भने गोल रहित बराबरीमा रोकिदै अंक बाँड्न बाध्य भयो ।

पहिलो हाफमा इडेन हजार्डले रियललाई अघि बढाउने कोशिश गरेका थिए । तर उनको गोल अफसाईड हुन पुगेको थियो । यस्तै रियलका भिनिसियस जुनियर र सर्जियो रामोसको प्रहारलाई वेटिसका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई निराश बनाउने काम गरेका थिए । तर टिमले कुनै प्रहारलाई गोलमा परिणत गर्न भने सकेन । रियलका २२ प्रहारले गोलको आकार लिन सकेनन् ।

शीर्ष स्थानको बार्सिलोना र रियल मड्रिडको समान २२ अंक रह्यो । तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रह्यो । रियल दोस्रो स्थानमा रह्यो । वेटिस क्लब १३ अंक सहित तालिकाको १४ औ स्थानमा रह्यो ।

अर्को खेलमा सेभिया र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *