चेल्सी प्रिमियर लिगको शीर्ष तीनमा

डिसी नेपाल
१७ कार्तिक २०७६ ८:४१

एजेन्सी । लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा वाटफोर्डलाई २–१ गोल अन्तरले हराउँदै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । टमी अब्राहमले खेलको पाँचौ मिनेटमा लण्डन क्लबलाई अग्रता दिलाएका थिए ।

क्रिस्टियन पोलिसिकले ५५ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर पारेका थिए । ८० औ मिनेटमा जेरार्ड डेउलोफ्युले पेनाल्टीमा गोल गर्दै वार्टफोर्डलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर घरेलु टोलीका तर्फबाट थप गोल हुन नसकेपछि लण्डन क्लबले जित हासिल गरेको हो ।

जितसंगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ११ खेलबाट २३ अंक जोडेको छ । वाटफोर्ड ५ अंक सहित तालिकाको पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *