रग्बी विश्वकपको उपाधि दक्षिण अफ्रिकालाई

डिसी नेपाल
१७ कार्तिक २०७६ १२:४३

एजेन्सी । दक्षिण अफ्रिकाले रग्बी विश्वकपको उपाधि जितेको छ । जापानमा शनिबार भएको फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिका च्याम्पियन बनेको हो ।

योकोहामामा भएको फाइनलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ३२–१२ को फराकिलो स्कोरले पराजित गर्यो । इंग्ल्याण्डलाई फराकिलो अन्तरले हराउने क्रममा दक्षिण अफ्रिकाले पहिलो हाफमै १२–६ को अग्रता बनाएको थियो ।

योसँगै दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जित्न सफल भएको छ । यसअघि सन् १९९५ र २००७ मा दक्षिण अफ्रिकाले उपाधि जितेको थियो ।

यसअघि सेमिफाइनलमा दक्षिण अफ्रिकाले वेल्सलाई १९–१६ को स्कोरले हराएर फाइनल पुगेको थियो । यस्तै इंग्ल्याण्डले सेमिफाइनलमा न्युजिल्याण्डको चुनौती १९–७ को स्कोरले समाप्त पारेको थियो ।

विश्वकपमा २० राष्ट्रको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *