प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

डिसी नेपाल
१७ कार्तिक २०७६ १५:५८

काठमाडौं। मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ। आइतबार पाँच बजेका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको हो। आइतबार बिहान पनि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो। एकै दिनमा दोस्रो पटक बैठक बस्न लागेपछि केही गम्भीर निर्णय हुन सक्ने अनुमान गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले भने नियमित बैठक बोलाइएको डिसी नेपाललाई जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘यो बिहानको बैठकको निरन्तरता हो। बिहान लञ्चका कारण ब्रेक भएको बैठक फेरि बस्न लागेको हो।’

उता मन्त्रीहरुलाई भने बैठकका एजेण्डाबारे कुनै जानकारी नदिइएको मन्त्रीहरुले बताएका छन्। उपप्रधानमन्त्री उपेन्द्र यादवले डिसी नेपाललाई भने, ‘मन्त्रिपरिषद् बैठकका लागि बोलाइएको छ। एजेण्डा भने त्यहीँ गएपछि थाहा हुन्छ।’

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनले केही निर्णय लिन सक्ने अनुमानहरु भइरहेका बेला आइतबार आकस्मिक बैठक बोलाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *