राष्ट्रपति भण्डारीद्वारा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

डिसी नेपाल
१७ कार्तिक २०७६ १७:३६

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसअनुसार उनीहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । तत्काली प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नियुक्त भएका प्रदेश प्रमुखहरु नेकपा नेतृत्वको केपी ओली सरकार बनेदेखि नै पदमुक्त गर्ने प्रयास गरिए पनि डेढ वर्षपछिमात्र सो सरकारले उनीहरुलाई पदमुक्त गरेको हो।

प्रदेश नम्बरका प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश नम्बर २का प्रमुख रत्नेश्वर लाल (कायस्थ), प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवंर, प्रदेश नम्बर ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदुरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई पदमुक्त गरिएको हो।

रिक्त भएका प्रदेश प्रमुख अब सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *